बाँकेमा आज ६० जना डिस्चार्ज


  • बाँकेमा आज ६० जना डिस्चार्ज
  • नेपालगन्ज २, असोज । बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ६० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बालबालिकादेखि प्रहरीसम्म छन् । बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९२ पुगेको छ । प्रतिशतका हिसावले हेर्ने हो भने निको हुने दर बाँकेमा ७७.१० रहेको छ । अव आइसोलेसनमा ३ सय ४५ जना बसिरहेका छन् । जिल्लामा संक्रमितको संख्या अहिलेसम्म १ हजार ५ सय ४६ छ । भाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *