ट्रम्पमाथि यौन दुर्व्यवहार आरोप, मोडल डोरिसले भनिन्, भीआईपी कक्षमा जबरजस्ती गरे


  • ट्रम्पमाथि यौन दुर्व्यवहार आरोप, मोडल डोरिसले भनिन्, भीआईपी कक्षमा जबरजस्ती गरे
  • काठमाडौँ। अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
    चुनावी अभियान तीव्ररुपमा भइरहेका बेला ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । जसले उनको चुनावी अभियानलाई ठूलो झट्का लागेको छ , राष्ट्रपति ट्रम्पलाई एक मोडलले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। अमेरिकाकी पूर्व मोडल एमी डोरिसले ट्रम्पले आफूलाई २३ वर्ष अघि ओपन टेनिस च्याम्पियनशिपको बेला जबरजस्ती गरेको आरोप लगाएकी छिन्। अन्तर्राष्ट्रिय समाचार माध्यम द गार्जियनलाई अन्तर्वार्ता दिँदै मोडल डोरिसले भनिन्, ’सन् ११९७ को सेप्टेम्बर महिनामा न्युयोर्कमा आयोजना भएको टूर्नामेन्टको क्रममा ट्रम्पले मलाई उनको भीआईपी कक्षको बाथरुम आगाडि यौन दुर्व्यवहार गरे।’ यसैगरी डोरिस भन्छिन्, ’ त्यतिबेला म २४ वर्षको थिएँ, ट्रम्पले मलाई आफ्नो पकडमा लिएर थुप्रै किसिममा घिनलाग्दा क्रियाकलापहरु गरे, उनले मलाई यति जोडसँग आफ्नो कब्जामा लिएका थिए कि म उम्किन पनि सकिन । ट्रम्पले मेरो शरीरका विभिन्न अंगमा हात लगाए, त्यतिबेला उनको जिब्रोमा पनि चोट लागेको थियो।’ यद्यपि ट्रम्पले यी आरोपहरूको खण्डन गरेका छन्। उनका वकिलहरूका अनुसार नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति चुनावलाई असर पार्न लगाइएको आरोप हो। यसैगरी, डोरिसका त्यतिबेलाका प्रेमी जेसन बिनले यसबारे कुनै टिप्पणी गरेको छैनन्।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *