अब ग्यास सिलिन्डरको मूल्य २१ सय रुपैयाँ


  • अब ग्यास सिलिन्डरको मूल्य २१ सय रुपैयाँ

    काठमाडौं । खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरको मूल्य तोकिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा ग्यासको खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकेको जानकारी दिएको छ ।
    बजारमा सिलिन्डरको मूल्यमा एकरुपता ल्याउन मूल्य तोकिएको संघले जनाएको छ । सबै ग्यास कम्पनीको खाली सिलिन्डरको मूल्य २१ कायम गरिएको संघको भनाइ छ । शुक्रबारबाट लागू हुने गरी उक्त मूल्य निर्धारण गरिएको हो । अब भरेको ग्यासको सिलिन्डर किन्दा तीन हजार चार सय ७५ रुपैयाँ पर्ने संघले भनेको छ । खाली सिलिन्डरको २१ सय र ग्याँसको १३ सय ७५ गरेर कूल ३४ सय ७५ पर्ने भएको हो । खाली सिलिन्डरको मूल्य संघले तोकेको भने ग्यासको १३ सय ७५ नेपाल आयल निगमले तोकेको मूल्य हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *