नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, संख्या ४ सय नाघ्यो


  • नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, संख्या ४ सय नाघ्यो
  • काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाट मृत्यु भएको जानकारी दिए ।
    मृत्यु हुनेमा काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका २ जना महिला र एक पुरुष, मबवानपुरका एक पुरुष, रुपन्देशीका एक महिला, बाकेँका एक महिला, मोरङका एक महिला, रौतहटका एक महिला र सर्लाहीका एक महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोनाभाइरसको संक्रमण भएको छ। जसमा पुरुष ७९६ र महिला ४७८ रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ सय ४७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार २ सय ६७ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *