प्रहरी निरीक्षकको बर्दी लगाएर असईको नक्कली परीक्षा चलाउने पक्राउ


  • प्रहरी निरीक्षकको बर्दी लगाएर असईको नक्कली परीक्षा चलाउने पक्राउ
  • पर्सा - प्रहरी निरीक्षकको बर्दी लगाएर असईको नक्कली परीक्षा चलाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका९७ बस्ने २९ वर्षीय अजय कुमार राय रहेका छन् ।
    प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गरेको अभियोगमा अजय कुमारसहित ८ जना बुधबार दिउँसो  पक्राउ परेका हुन् । अजय कुमारलाई प्रहरीले  प्रहरी निरीक्षकको पोसाकमै पक्राउ गरेको हो । वीरगञ्ज–१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । परीक्षामा पुरुष १९ र महिला २ गरी जम्मा २१ जना परीक्षार्थी उपस्थित रहेको भेटिएको छ । प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *