नेपालमा एकैदिन ९ सय ६१ जनाले जिते कोरोना


  • नेपालमा एकैदिन ९ सय ६१ जनाले जिते कोरोना
  • काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ९६१ जनाले कोरोनाभाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९६१ जनाले कोरोनालाई जितेको जानकारी दिए । यससँगै नेपालमा कोरोना जित्नेको संख्या ५७,३८९ जना पुगेको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित मुलुकभर १,९११ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । जसमा पुरुष १२८३ र महिला ६२८ रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७९, ७२८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *