नेपालमा पहिलोपटक डाक्टरको कोरोनाबाट ज्यान गयो


  • नेपालमा पहिलोपटक डाक्टरको कोरोनाबाट ज्यान गयो
  • नेपालमा कोरोना संक्रमणबाट सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टरको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचारमा खटिएका भेरी अस्पताल नेपालञ्जमा दरबन्दी भएको हार्ड जोर्नी विशेषज्ञ डाक्टरको मृत्यु भएको हो ।
    डा. हरि सापकोटाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । सुर्खेत प्रादेशिक अस्पतालमा कार्यरत रहेर भेरी अस्पताल नेपालगञ्जमा उपचाररत डाक्टर सापकोटा कोरोना संक्रमितको उपचारमा खटिनेक्रममा कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।   उनी कोरोनाबाट ज्यान गुमाउने पहिलो डाक्टर हुन् । यसअघि दुईजना स्वास्थ्यकर्मीको मृत्यु भएको थियो ।उनी यो क्षेत्रका चर्चित डाक्टर मानिन्थे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *