१२ वर्षपछि यति एयरलाइन्सले गर्‍यो सिमरा उडान


  • १२ वर्षपछि यति एयरलाइन्सले गर्‍यो सिमरा उडान
  • काठमाडौं, १६ असोज । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्नेभएको छ । एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ-सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।   सिमरा यतीको नवौं उडान गन्तव्य हो । एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए । “सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौँ”, उनले भने। यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९।०० बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान भर्दैछ । एअरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *