प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय, नाम लुम्बिनी


  • प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय, नाम लुम्बिनी
  • काठमाडौं, १६ असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ  बनाउने निर्णय गरेको हो । यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।   मन्त्रिपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ । यसैबीच आजै बसेको प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित गरेको छ । प्रदेश राजधानी र प्रदेशको नामबारे प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेशको नाम र राजधानी तोक्ने अधिकार सविधानत प्रदेश सरकारलाई छ । मन्त्री केसीले प्रस्ताब पेस गर्दै गर्दा केही सांसदहरुबाट बिरोधसमेत भएको थियो । यसअघि प्रदेश ५ को राजधानीका बिषयमा रुपन्देही र दाङको चर्चा हुँदै आएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *