कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन


  • कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन
  • कान्तो टोकियो २५, असोज । जापानको टोकियोस्थित कान्तो क्षेत्रमा बसोबास गर्ने कर्णाली प्रदेशबासीले कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान गठन गरेका छन् । अध्ययन तथा रोजगारीका शिलशिलामा कर्णाली प्रदेशका विभिन्न ठाउँबाट जापान पुगेकाहरु संगठित भएर समाज गठन गरेका हुन् । वीरेन्द्र शाहीको अध्यक्षतामा १६ सदस्यीय समाज गठन गरिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रवासी भूमिका हाम्रो पहिचान’ भन्ने स्लोगनका साथ समाज गठन गरिएको महासचिव जीवन शाहीले बताउनुभयो । समाजको बरिष्ठ उपाध्यषमा युवराज धमाला, उपाध्यक्षमा विन्दु शाही, महासचिवमा जीवन शाही, सचिवमा सृजना रोकाया, कोषाध्यषमा दिपेश गिरी (दिपु) र सह कोषाध्यक्षमा रमेश सिमखडा रहनुभएको छ । यस्तै समाजको सदस्यहरुमा भरत विष्ट, कलम कठायत, दुर्गराज ज्यौपाने, भरत प्रस्ताव, टीपी ओली, हरिसिंह बुढा, चंदिका न्यौपाने र बिनु हमाल रहनुभएको छ । ‘विभिन्न धर्म, वर्ग, जाजजाति, भाषा, भेषभुसा, संस्कृति र सम्पदाको सामाजिक राष्ट्रिय एकता’ भन्ने मुल नाराका साथ समाजले विदेशी भूमिमा बस्दै आएकालाई अप्ठ्यारोमा सहजिकरण गर्ने महासचिव जीवन शाहीले बताउनुभयो । समाजको सल्लाहाकारमा कृष्ण शाही, माधव थापा, गगन शाही, धिरजंग शाही र हिमप्रकाश थापा रहनुभएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *