डा. बाबुराम भट्टराईविरुद्ध प्रचण्डले अदालतमा मुद्दा हाल्दै


  • डा. बाबुराम भट्टराईविरुद्ध प्रचण्डले अदालतमा मुद्दा हाल्दै
  • काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई तीन दुई दशक  राजनीतिक यात्राका सहयात्री हुन् । उनीहरुलाई एकअर्काको कमजोरी र गल्तीबारे जानकार छन् ।
    दश वर्षे सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण पश्चात आफ्ना लडाकु व्यवस्थापनको सात वर्ष नेतृत्वदायीमा सँगै बसेका प्रचण्ड र भट्टराईबीच संविधान जारी भएपछि सम्बन्ध बिग्रियो । र अहिले उनीहरु फरक फरक पार्टीबाट राजनीतिमा सक्रिय छन् । प्रचण्ड भट्टराईबारे खासै बोलेका सुनिँदैन । भट्टराई आफ्नो पार्टीमा आउने विश्वास प्रचण्डले बेला बेलामा व्यक्त गर्ने गरेका छन् । तर, भट्टराईले भने प्रचण्डमाथि विभिन्न आरोप लगाउँदै आएका छन् । र यसैक्रममा बिहीबार गोखरा पालुङटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाले बुढीगण्डकीको ९ अर्ब भ्रष्टाचार गरेको गम्भीर आरोप लगाए । गम्भीर आरोप लगाएपछि प्रचण्ड भट्टराईप्रति आक्रोशित भएका छन् । यसअघि लगाइएका आरोपप्रति खासै वास्ता नगरेका प्रचण्ड यसपटक भने भट्टराईप्रति निकै आक्रोशित भएका छन् । आफ्नो राजनीतिक भविष्यलाई धक्का दिने गरी भट्टराईले लगाएको आरोपबारे प्रचण्डले न्याय खोज्ने तयारीमा पुगेका छन् । आफ्नो मानप्रतिष्ठामा आँच पु¥याउने गरी निराधार र कपोकल्पित आरोप लगाउने भट्टराईविरुद्ध प्रचण्डले मानहानिको मुद्दा अदालतमा दायर गर्ने तयारीमा पुगेका छन् । यसबारे उनी छलफलमा रहेका स्रोतले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *