अक्षयको फिल्मलाई प्रतिबन्ध लगाउन माग


  • अक्षयको फिल्मलाई प्रतिबन्ध लगाउन माग
  • काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ लाई प्रतिबन्ध लगाउन माग गरिएको छ । राघब लरेन्सको निर्देशनमा बनेको यस फिल्मलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग गर्दै ट्वीटरमा बेनलक्ष्मीबम्ब ह्यासट्याग शुरु गरेका छन् ।
    अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि अहिले बलिउडमा लागुऔषधको विषयलाई लिएर लामो बहस भइरहेको छ । यस बिषयमा बलिउडका दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपुर लगायतका कलाकारहरु जोडिएका छन् । यी अभिनेत्रीहरुसँग लागुऔषधको विषयलाई लिएर सोधपुछ पनि गरिसकिएको छ । यसै बिषयमा केही दिनअघि अक्षयले  बलिउडमा लागुऔषध समस्या भए पनि सबै कलाकारले यसको प्रउोग नगर्ने प्रतिक्रिया दिएका थिए । यसै कुरालाई लिएर सेलिब्रेटीको एक पक्षको कुरा बोलेको भन्दै अक्षयको फिल्म लक्ष्मी बम्ब लाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन माग गरिएको हो । उनीहरुले अक्षयका सबै फिल्म बहिस्कारको माग गरेको बताइएको छ । फिल्म कमेडी र हरर जनरामा आधारित रहेको लक्ष्मी बम फिल्मको ट्रेलर हालै युट्युबमा सार्वजनिक भएको छ । फिल्ममा अक्षकुमार र अभिनेत्री कियरा आडवाणीको मुख्य भूमिका रहेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुने महंगो फिल्म हुने भएको छ । यस फिल्म नोभेम्बर ९ मा रिलिज हुने भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *