कोरोना संक्रमित रुकुमका ३३ बर्षीय युवकको बाँकेमा मृत्यु


  • तस्विरः फाइल
  • बाँके ३०, असोज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज २१ गते अस्पताल भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई कडा खाले कोभिड देखिएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि आएका १३ जनाको बाँकेमा मृत्यु भएको छ । बाँकेमै कोरोनाबाट मृत्यु हुनेको संख्या भने २७ रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *