बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरियो



  • नेपालगन्ज ३०, असोज । बाँकेमा दुई जना महिलामा कोरोना भाइरसको संक्रमण दोहोरिएको छ । २६ बर्षीया ती महिलामा असोज अन्तिम साता दोस्रो पटक भाइरस संक्रमण देखिएको हो । एक जनामा पहिलो पहिलो पटक संक्रमण देखिएको दुई महिनापछि र अर्की महिलामा ५२ दिनपछि संक्रमण दोहोरिएको छ । उनीहरु दुवैको उमेर २६ बर्ष रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुमा सुरुमा पनि सामान्य लक्षण चिन्ह देखिएको थियो । अहिलेपनि उनीहरुमा नर्मलखाले लक्षण चिन्ह देखिएको छ । ६० दिन अघि पहिलोपटक संक्रमण पुष्टि भएकी ती महिलामा फेरि स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराइएकी थिइन् । कोरोना परीक्षण गर्दा असोज २५ गते उनलाई पुनः संक्रमण पुष्टि भएको हो । त्यस्तै ५२ दिनअघि संक्रमण पुष्टि भएकी अर्की महिलामा पनि स्वास्थ्यमा असजिलो महसुस भएपछि कोरोना परीक्षणका लागि स्वाव दिएकी थिइन् । उनको असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु दुवैजना अहिले होम आइसोलेसनमा बसिरहेका छन् । उनीहरु दुवैको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य लक्षण चिन्ह देखिएका संक्रमितहरुलाई भाइरस दोहोरिने सम्भावना प्रवल रहने चिकित्सकहरु बताउँछन् । यस्ता विरामीहरुको शरिरमा कोरोनासँग जुध्ने एन्टिबडी बनिनसकेका कारण दोस्रो चरणको संक्रमण देखिने सम्भावन उच्च रहने चिकित्सकहरुको भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *