कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !


  • कोरोनासँग लड्न ‘नर्सको दुर्गा अवतार’ !
  • काठमाडौं । विश्व कोरोनाभाइरस संक्रमणको चपेटाबाट गुज्रिरहेको छ । नेपाल पनि १० महिनादेखि कोरोनासँग जुधिरहेको छ । कोरोना संक्रमण दर बढिरहेका बेला नेपालीको महान चाड बडादशैँ सुरु भइसकेको छ ।
    आश्विन शुल्क प्रतिपदादेखि नौ दिन नवदुर्गाको पूजापछि दशमीमा विजया दशमी मनाइन्छ । यो पर्व असत्य माथि सत्यको विजयका रुपमा शक्ति स्वरुपा देवी भगवती महिषसुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ । सत्ययुगमा महिषाशुर (दानव)को कुकृत्यबाट मानव जगतलाई मुक्ति दिलाएको  हिन्दु शास्त्रहरूमा उल्लेख छ । नौ दुर्गातको विभिन्न रुपको वर्णन गरिएको छ । र अहिले कोरोनाको कहरमा दशैं परेको छ । यसैबेला सामाजिक सञ्जालमा कोरोनालाई परास्त गर्न नर्स देवीको रुपमा उपचारमा खटिएको सन्देश दिने तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो तस्बिरमा एक बिरामीलाई अक्सिजन दिइरहेकी नर्सको दश हात देखाइएको छ । प्रत्येक हातमा स्वास्थ्य उपकरण बोकिएको छ । महिषाशुर दानवको कुकृत्यबाट मानव जगतलाई मुक्ति दिलाउँदा शक्ति स्वरुपा देवीले धारण गरिएको भनिएको स्वरुपमा नर्सको तस्बिर खिचिएको छ । तस्बिर : सामाजिक सञ्जाल

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *