बालिकालाई अपहरण गरी बन्धक बनाएर राख्ने तीन जना पक्राउ


  • बालिकालाई अपहरण गरी बन्धक बनाएर राख्ने तीन जना पक्राउ
  • काठमाडौं । ललितपुरबाट बालिकालाई अहपरण गरि बन्धक बनाइराखेको अवस्थामा तीन जना पक्राउ परेका छन् । बालिकाको सकुशल उद्धार गर्दै तीन जना अपहरणकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ ।
    ललितपुरको महालक्ष्मी ४ मनकामना चोकमा बस्ने बाराका गुड्डी साहकी ८ वर्षीया छोरी अनुखा साह कोठाभन्दा बाहिर खेलिरहेको अवस्थामा सोमबार साँझ साढे सात बजेतिर अहपरणमा परेकी थिइन् । जानकारी पाएलगत्तै प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मा नेतृत्वको टोलीले खोजतलास सुरु गरेको थियो । नाम थाहा नभएका व्यक्तिले साइकलमा राखेर लगेको जानकारी पाएको सो टोलीले सोमबार राति सवा १० बजे ललितपुर महानगरपालिका २९ हरिसिद्दीस्थित सिता परियारको कोठामा बन्धक बनाइराखेको अवस्थामा बालिका अनुखाको सकुशल उद्धार गरिएको सातदोबाटो वृत्तले जानकारी दिएको छ । सोही क्रममा तीन जना पक्राउ परेका हुन् । प्रहरीकाअनुसार पक्राउ पर्नेहरुमा सर्लाही हरिवन ८ बासटोल घर भई हरिसिद्दी बस्ने बर्ष ३० को राजु कार्की, काभ्रे नमोबुद्ध ८ बुझाकोट घर भई हरिसिद्दी बस्ने बर्ष २३ की सिता परियार र धनुषा धारापानी २ घर भई हाल हरिसिद्दी बस्ने ४० को कृष्ण तोलामी रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप महानगरीय प्रहरी वृत सातदोबाटोबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *