नायिका स्वेता खड्काको ‘एकतर्फी माया’ रिलिज (भिडियो)


  • नायिका स्वेता खड्काको 'एकतर्फी माया' रिलिज (भिडियो)

    अभिनेत्री श्वेता खड्काको ‘काया फिल्मस’ले निर्माण गरेको भिडियो गीत ‘एक तर्फी माया’सार्वजनिक भएको छ । उक्त गीतमा गायिका सारना श्रेष्ठको कन्सेप्ट तथा निर्देशन रहेको छ । वरिष्ठ हाँस्य सम्राट कलाकार मदनकृष्ण श्रेष्ठले कोरेका शब्दलाई, सुरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने मदनकृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठले आफ्नो मिठो आवाजले साथ् दिएकि छिन ।
    ‘एक तर्फी माया’ गीतको भिडियोमा अभिनेत्री श्वेता खड्का, अभिनेता अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड भएका छन् । हरेक व्यक्तिको एक तर्फी  माया हुन्छ  कुरा उक्त गीतको भिडियो द्वारा देखाउन खोजिएको छ । हेर्नुस् भिडियो । गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका छन् । नबराज उप्रेतीको छायाँकन रहेको भिडियोको गीतलाई शाहील खान र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । ‘एक तर्फी माया’ गीतको भिडियो मार्फत श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *