पर्यटकको रोजाइमा पर्दै बर्दियाको ‘सत्खलुवा’ ताल’ (फोटो कथा)


  • पर्यटकको रोजाइमा पर्दै बर्दियाको 'सत्खलुवा' ताल' (फोटो कथा)
  • राम सापकोटा : पर्यटकीय दृष्टिकोणले उच्च सम्भावना बोकेको जिल्लाहरु मध्ये एक हो बर्दिया। प्रायजसो निकुञ्ज हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने बर्दियामा आजभोलि भने 'सत्खलुवा ताल' पनि हेर्न जाने पर्यटकहरूको संख्या बढ्न थालेको छ।

    वरिपरि मानव बस्ती, घना जंगल अनि बिचमा रहेको 'सत्खलुवा ताल' साँच्चिकै मनोरम सुन्दरताले भरिपूर्ण छ। कुनैबेला माछा पालन र सिंचाइका लागि उपयोग हुँदै आएको यो ताललाई हाल भने सिमसार क्षेत्रको रुपमा संरक्षण गरिँदै आएको छ। प्राकृतिक तालको रुपमा रहेको यो ताल बर्दियाको बारबर्दिया नगरपालिका-९ को खैरेनी गाउँ छेउमा अवस्थित छ।

    बाह्रै महिना पानी हुने विशेषताका कारण पनि यो ताल हेर्न अनि यो ताललाई समिपमा राखी तस्वीर खिचाउन धेरै पर्यटकहरू लालायित हुने गर्छन् । स्वच्छ पानी, वरिपरि चराचुरुङ्गीको चिरबिर आवाजले साँच्चिकै यो ताल वरपर आनन्दको अनुभुती हुनेगर्छ।

    बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको यो तालले करिब ४५ हेक्टर क्षेत्रफल ओगटेको छ। विश्वकै दुर्लभ पाटेबाघ, चितुवा, चित्तल, सालक, अजिङ्गरलगायत जङ्गली जनावरहरु यस ताल वरपर बस्ने गर्छन् अनि यही ताल ती जनावरहरुको तिर्खा मेटने स्थन पनि बनेको छ। तालको वरपर रहेको ग्रामीण थारु वस्तीले झन यो तालको सुन्दरता थपिदिएको छ।



  • कोरोना भाइरस अनि लकडाउनका कारण यस तालसंग रमाउन आउने पाहुनाको कमि भएतापनि पछिल्लो केही महिना यताभने सामाजिक दुरी कायम राख्दै ताल, भ्यु टावर अवलोकन गर्न तथा वोटिङ गर्न दर्जनौं बढी आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय शिक्षक ललित सापकोटा बताउछन ।

    बाहिरी देश तथा छिमेकी जिल्लाबाट आउने पाहुनाहरुको लागि सहज होस् भन्ने मनसायले यो ताल वरपर रहेको बस्तीमा आकर्षक करिब २० वटा होम स्टे पनि रहेका छन् । जहाँ पाहुनाहरुलाई स्वादिष्ट लोकल परिकार एवम् गाउँलेपनको स्वाद लिने गरेको शिक्षक सापकोटा बताउछन ।

    वरिपरि हराभरा वातावरण अनि आ–आफ्नो मौलिक वेशभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्य, खैँजडीमा भजनद्वारा मनोरञ्जन गराउन तयार त्यस क्षेत्रका मानिहसहरु सदैव तयारी अवस्थामा रहने गर्छन् । व्यवस्थित रुपमा संरक्षण एवम् सम्बर्द्धन गर्न सके यो ताल पर्यटकको प्रमुख रोजामा पर्न सक्ने अनुमान लगाउन सकिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *