अब हप्तामा २ दिन मात्रै कोरोना ब्रिफिङ हुने


  • अब हप्तामा २ दिन मात्रै कोरोना ब्रिफिङ हुने

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि हप्ताको दुई दिन मात्र कोरोना ब्रिफिङ गर्ने भएको छ ।
    बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। उनले अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने पनि बताए । सरकारले गएको चैत ११ गते दैनिक सवा ४ बजे कोरोना ब्रिफिङ गर्दै आइरहेको छ । प्रवक्ता गौतमले बुधबार मात्र ८ हजार २ सय ४८ पिसिआर गरिएकोमा १९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।  यससँगै कुल कोरोना संक्रमितको संख्या एक लाख ६२ हजार ३ सय ५४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोनालाई जितेका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या एक लाख २१ हजार ८२४ जना पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८७  पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *