पिसावमा किन देखिन्छ बियरको जस्तो फिँज ? यस्ता छन् पाँच कारण


  • पिसावमा किन देखिन्छ बियरको जस्तो फिँज ? यस्ता छन् पाँच कारण
  • काठमाडौँ। मानिसको स्वास्थ ठिक वा बेठिक भएको पत्ता लगाउने थुप्रै माध्यमहरु हुन्छन्। मानिस आफ्नो स्वास्थमा खराबी आए नआएको स्वयं आफैंले पूर्वानुमान लगाउन सक्छ। मानिसको पिसावको रंग र पिसावमा आउने फिँज वा फोमले पनि उसको स्वास्थ कस्तो छ भन्ने निर्धारण गर्न सक्छ। यदि, पिसाबमा फोम वा फिँज देखापर्छ भने यो चिन्ताजनक विषय हुन सक्छ। सामान्यतया पिसावको रंग हल्का पहेंलो हुने गर्दछ। तर, यदि कसैले कुनै प्रकारको औषधिको प्रयोग गरिरहेको छ भने उसको पिसावको रंग गाढा हुन सक्छ र यसमा साना साना बबल्स पनि देख्न सकिन्छ। यद्यपि, औषधि सेवन गर्न बन्द गरेपछि यो फेरि आफ्नो सामान्य अवस्थामा आउछ वा यस्ता समस्या हराएर जान्छन्।
    आउनुहोस् जानौं के कारणले पिसावमा फिँज वा फोम देखिन्छ – मिर्गौलाले राम्रोसँग काम गरेन भने पनि पिसावमा बियरमा जस्तो देखिने फोम वा फिँज देखिन्छ। मृगौलाले मानिसको रगतलाई फिल्टर गरेर फोहोर पदार्थलाई पिसावमा परिवर्तन गर्दछ। यदि यो फिल्टरेशन प्रक्रिया ठीकसँग भएको छैन भने पिसावमा फिँज देखिन सक्छ। अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीको क्लिनिकल जर्नलद्वारा गरिएको अध्ययन अनुसार यदि पिसावमा अत्याधिक मात्रामा फोम वा फिँज देखिन्छ भने यसले मिर्गौला रोगको संकेत गर्दछ। – शरीरमा प्रोटिनको मात्रा धेरै हुँदा पनि पिसावमा फिँज देखापर्ने गर्दछ। अत्याधिक मात्रामा प्रोटिनयुक्त खानाको सेवन गर्दा मिर्गौलालाई रगत फिल्टर र सफा बनाउन गाह्रो पार्दछ । विशेषगरी, यदि कसैलाई अगाडि देखि नै मिर्गौलाको समस्या छ भने मिर्गौलाले फिल्टर गर्न नसकेका कारण शरीरले पिसावमा प्रोटिन निकाल्न शुरु गर्दछ। पिसाबमा धेरै मात्रामा प्रोटिन आउनुलाई प्रोटिनुरिया भनिन्छ । मुख्यतया यो समस्या गर्भवती महिला, हड्डी तथा जोर्नीको समस्या भएकालाई र मुटु रोगीहरुमा देखिने गर्दछ। – मधुमेह वा सुगर भएका व्यक्तिहरुमा पनि यस्तो समस्या देखिन सक्छ। चोन्नम मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मधुमेह रोगीहरूमा प्रोटिन्युरियाको समस्या गम्भीररुपमा हुने गर्दा छ । इन्सुलिनको अस्थिरताले मिर्गौलामा रगत प्रवाहलाई असर गर्ने गर्दछ। यसकासाथै, अध्ययनले मधुमेह रोगीहरुको मिर्गौलाले प्रभावकारी दङ्गले काम नगर्ने हुँदा पिसावमा फिँज वा फोम देखिन्छ। – मानिसमा थाइरोइडको समस्या भयो भने पनि पिसावाा फिँज देखिने गर्दछ। मिर्गौला र थाइरोइडले एक अर्कालाई असर पार्ने गर्दछन्। इन्डियन जर्नल अफ एन्डोक्राइनोलजी एण्ड मेटाबोलिजममा प्रकाशित एक अध्ययनकाअनुसार यदि थाइराइड डिसफंक्शन छ भने यसले मिर्गाैला फिजियोलोजी प्रभावित पार्छ, र यदि कुनै मिर्गौला रोग छ भने यसले थाइरोइड ग्रन्थीलाई असर गर्छ। सामान्यतया, थाइराइड हर्मोनले शरीरमा प्रोटिन संश्लेषण र कोषिका बृद्धिलाई प्रभाव पार्दछ। यदि त्यहाँ खराबी छ भने यसले प्रत्यक्ष रूपमा मिर्गौलाको कार्यलाई असर गर्छ र गम्भीर समस्या आउन सक्छ सम्भवतः मिर्गौला समेत विफल हुन सक्छ। – शरीरमा पानीको मात्रामा कमि आयो भनेपनि पिसावमा फिँज देखिन सक्छ। जब शरीरमा पानिको मात्रामा कमि आउछ मस्तिष्कले शरीरमा भएको पानी बचाउन खोज्दछ र मृगौलालाई रगतबाट पानीको मात्रा कम गर्न निर्देशन दिने गर्दछ। जसका कारण पिसावमा फिँज वा फोम देखिन्छ। यदि पिसाब अलि अनौंठो देखियो भने पहिलो कुरा आफुलाई हाइड्रेट गर्नु हो। यसले मिर्गौलालाई पनि स्वस्थ राख्दछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *