चितवनमा कोरोना संक्रमणबाट रौतहटकी महिलाको मृत्यु


  • चितवनमा कोरोना संक्रमणबाट रौतहटकी महिलाको मृत्यु
  • रौतहट - कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो ।
    नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर –५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
    1. मिर्गाैला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।रासस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *