विश्वमा कोरोना संक्रमितको संख्या १० करोड वढी, एकैदिन ५ लाखभन्दा बढिमा कोरोना पुष्टि


  • विश्वमा कोरोना संक्रमितको संख्या १० करोड वढी, एकैदिन ५ लाखभन्दा बढिमा कोरोना पुष्टि
  • काठमाडौँ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ । यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै  निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ६९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *