अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म


  • अनमोल र सुहानाको 'ए मेरो हजुर ३' युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म

    काठमाडौं - अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बनेको चलचित्र 'ए मेरो हजुर ३' युट्युबमा सार्वजनिक गरिएको छ ।
    अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको मूख्य अभिनय रहेको यस फिल्म बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । डेढ बर्ष अघि हलमा रिलिज भएको यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्ममा अनमोल एक गायकको भूमिकामा देखिएका छन् । हलमा पनि यस फिल्मलाई निकै रुचाइएको थियो । फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *