प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनलाई बधाई


  • प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनलाई बधाई
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् ।
    प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् । मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाइएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उनीसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।रासस  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *