नायिका आचल शर्माले फिल्म निर्माण गर्दै


  • नायिका आचल शर्माले फिल्म निर्माण गर्दै

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल हुन् आँचल शर्मा । फिल्म नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनी पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् ।
    फिल्ममा अभिनय गरेर चर्चा कमाइसकेकी आँचलले अब भने आफै फिल्म बनाउने भएकी छिन् । उनले कोरोना महामारीको सकिए लगत्तै फिल्म निर्माणमा जुट्ने बताइएको छ । उनले फिल्म निर्देशनको लागि मिलन चाम्सलाई प्रस्ताव गरेको बताइएको छ । यस फिल्मका लागि अभिनेतामा प्रदीप खड्कालाई अफर गरिएको चर्चा भए पनि यस बारे कुनै कुरा नभएको निर्देशक मिलन चाम्सले बताएका छन् । यसअघि नेपाली चलचित्र क्षेत्रका भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *