ब्राजिलद्वारा चिनियाँ खोपको ट्रायलका लागि पुनः अनुमति


  • ब्राजिलद्वारा चिनियाँ खोपको ट्रायलका लागि पुनः अनुमति
  • काठमाडौँ। ब्राजिलको स्वास्थ्य निकाय (अन्भिसा)ले चिनियाँ खोप परीक्षणका लागि पुनः अनुमति दिने भएको छ। खोपको परीक्षण गर्नेक्रममा एक स्वयंसेवकको मृत्यु भएको खबर बाहिरिएसँगै दुई दिन अघि अन्भिसाले “गम्भीर प्रतिकूल घटना“ उल्लेख गर्दै खोपको परीक्षणलाई रोक लगाएको थियो।
    यस संस्थाको ट्रायल सञ्चालन गरिरहेका प्रमुखले खोपको मृत्युसँग कुनै सम्बन्ध नभएको बताएका छन्। बुधवार एक विज्ञप्तिमा अन्भिसाले भन्यो, “खोपको पुनः परीक्षण सुरु गर्नका लागि पर्याप्त जानकारी रहेको छ।’ त्यसैगरी, अन्भिसाले निलम्बन वा ट्रायल रोकिनुको अर्थ खोपको गुणस्तर, सुरक्षा वा प्रभावकारितामा कमि आएको भन्न नमिल्ने बताएको छ। यद्यपि खोपको ट्रायल निलम्बन वा रोकिनुमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले “जीत“ को संज्ञा दिएका थिए। खोपको लिंक प्रत्यक्षरुपमा चीनसँग रहेका कारण राष्ट्रपतिले यस खोपको पटक पटक आलोचना तथा उक्त खोप आफ्नो देशले खरिद नगर्ने भन्दै आएका थिए। सार्वजनिक रूपमा यस मुद्दा वा खोपलाई समर्थन गर्दै आएका साओ पाउलोका गभर्नर जोओ डोरियासँग पनि उनको राजनैतिक कटुता रहेको छ। यद्यपि, अन्भिसाको निर्णय खोपको परीक्षणका लागि पुनः अनुमति दिनेबारे राष्ट्रपति बोल्सनारोले कुनै टिप्पणी गरेको छैनन्। चिनियाँ फर्म सिनोभ्याक बायोटेकले निर्माण गरेको उक्त खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षणमा रहेको खोप मध्ये एक हो। यस विषयमा सिनोभ्याक भन्छ, ’ खोपको सुरक्षामा हामी विश्वस्त छौँ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *