रुकुममा जन्ती वोकेको जिप दुर्घटना, चारको मृत्यु चालक फरार ।



  • रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ती बाकेको रा १ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सोही वडा निबासी ५१ वर्सिय कालिभान नेपाली, ४८ का आइते नेपाली ५१ का गोरे नेपाली र ६६ वर्सिय सार्की नेपाली रहेका छ्न्। त्यस्तै लालबहादुर नेपाली गम्भीर घाइते भएका छ्न् । गाडी चिप्लिएर १ सय मिटर तल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसिले जानकारी दिए । गाडी चालक डिल्ली बहादुर नेपाली भने फरार भएका छ्न् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *