सर्जक कँडेलको ‘आफ्नोपन’मा प्रेम वियोगपछिको कारुणिक पीडा महशुस हुन्छ !


  • सर्जक कँडेलको 'आफ्नोपन'मा प्रेम वियोगपछिको कारुणिक पीडा महशुस हुन्छ !

    काठमाडौं : विगत एकदशक बढी लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् नारायण कंडेल । आफ्ना हरेक सृजनामा फरकपन दिन रुचाउने सर्जक कंडेल सामाजिक, राजनीतिक एवम् प्रेममा आधारित विषयहरूमा कलम चलाउन सिपालु छन् । फरक कथावस्तुलाई आफ्ना गीतहरुमा कलात्मक शैलीमा उनले उतार्ने गर्छन् । यसैबीच, फरक कथा वस्तुमा आधारित उनको एउटा नयाँ गीत बजारमा रिलिज भएको छ। सोमबार रिलिज 'आफ्नोपन' बोलको गीतमा लोकप्रिय गायक युवराज आचार्य र पछिल्लो समयकी उदाउँदो गायिका सुनिता बुढाको सुमधुर आवाज रहेको छ। गीतमा अर्का लोकप्रिय सर्जक शिव सुवेदीको संगीत रहेको छ। गीतमा सर्जक कँडेलकै शब्द रहेको छ। संख्यात्मक भन्दापनि गुणात्मक सृजनामा विशेष प्राथमिकता दिने सर्जक कंडेलले यस गीतमा पनि फरकपन दिने प्रयास गरेका छन् । प्रेमिल प्रेम सम्बन्धमा रहेको एक प्रेम जोडीको, प्रेम वियोगपछिको कारुणिक कहानीलाई उत्कृष्ट शैलीमा सर्जक कंडेलले गीतमा उतारेका छन् । गीतमा समावेश शब्दहरु मर्मस्पर्शी छन्। गीतको संगीत पनि त्यतिकै मन छुने छ। युवराज र सुनिताको गायिकी त झन गीतमा उत्कृष्ट छ। गीतको सुरुदेखि अन्तिमसम्मका शब्दहरूले प्रेम वियोगमा रहेका जोकोहीको मन रुवाउने गर्छन् । यो गीत सुनिरहँदा प्रेम वियोगको पीडा सवैलाई बोध हुने गर्छ । गीतको अडियो जति मन छुने छ, भिडियो झन कारुणिक बनेको छ। भिडियोमा एउटा बिल्कुलै फरक कथालाई उठान गरिएको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा कलाकार सनम कठायत र रोश्नी कार्की फिचर्फ छन् । "एउटा प्रेमिल सम्बन्धमा रहेका प्रेमीप्रेमिका अर्थात् युवायुवती, जो परिस्थितिले एक हुन सक्दैनन् । परिस्थितिकै कारण युवती मानव बेचबिखन दलालको फन्दा पर्छिन। यता,प्रेम वियोगको पीडा भुल्न युवक पनि परदेश जान्छन् । तर त्यही परिस्थितिकै कारण युवक पनि आफ्नो अपांग शरीर लिएर घर फर्कन्छन। अन्ततः केही समयपछि एक सामाजिक संस्थाको उद्धारपछि घर फर्किन्छिन पनि। तर समाजको तिरस्कार अनि विभेदले दिनदिनै पिडैपिडामा जीवन गुजारिरहेकी उनलाई साथ दिने कोही नहुँदा, ती युवतीकै पुर्व प्रेमीले जीवन्त माया दिन्छन् , साथ दिन्छन् ।" यही कहाँनीलाई भिडियोमा बडो उत्कृष्ट शैलीमा देखाइएको छ। भिडियोमा सनम र रोश्नीको केमिस्ट्री उत्कृष्ट छ। उनीहरुले जीवन्त अभिनय गरेको आभास भिडियो हेर्ने जोकोहीलाई हुनेगर्छ । भिडियोको कथावस्तुलाई अब्बल तरिकाले सनम र रोश्नीले आफ्नो अभिनयमा उतारेका छन् । भिडियोमा निर्देशक विनोद भण्डारी हुन् । भिडियोको परिकल्पना पनि विनोदकै हो। करण चैसीरले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् । भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतको भिडियो शिव सुवेदीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। यस्तै छ कहानी, हरेक दिन नेपाली परदेशमा रुन्छ,सलामी लगायत दर्जनौं लोकप्रिय गीतहरु समेत सृजना गरेका सर्जक कंडेलले यो गीत पनि दर्शक स्रोताले रुचाउनेमा आशावादी रहेको जनाएका छन् । हेर्नुस् भिडियो.. https://youtu.be/IDPkS2ZEw4I

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *