प्रतिभा साहित्य समाज हाँक्दै शिशिर


  • प्रतिभा साहित्य समाज हाँक्दै शिशिर

    नेपालगन्ज : प्रतिभा साहित्य समाज खजुराको अध्यक्षमा शिशिर सापकोटा मनोनीत भएका छन् । बाँके जिल्लाको पुरानाे साहित्यिक संस्थाको रुपमा लिइने प्रतिभा साहित्य समाज, खजुराकाे शनिबार बसेकाे विशेष साहित्यिक भेलाले साहित्यकार तथा गीतकार शिशिर सापकाेटालाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गरेकाे हो। संस्थाका संस्थापक अध्यक्ष ईन्द्र बहादुर भण्डारी, उपाध्यक्ष बाेधराज प्याकुरेल, सचिव लेक प्रसाद प्याकुरेल लगायत सम्पुर्ण अघिल्लाे कार्यसमिति सदस्यहरुद्वारा नव गठित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएकाे हो।
    खजुरा गाउंपालिका प्रमुख किस्मत कु. कक्षपति, कथाकार शसिराम कार्कि ,बरिस्ठ कलाकार पुर्णचन्द्र उपाध्याय लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथि रहेको कार्यक्रममा चयन भएको नयाँ कार्यसमितिले नँया साहित्यिक उडान लिनेमा आफू विश्वस्त रहेको निबर्तमान अध्यक्ष भण्डारीले बताए। नव गठित कार्यसमितिमा उपाध्यक्ष चरित्रा शाह, सचिब जिवराज बम, काेषाध्यक्ष अारिफ खान रहेका छन् । त्यस्तै, सदस्यहरुमा लालजंग भण्डारी, हिमाल पंगाली, प्रतिभा अर्याल, कलिमुन खान र तीन जना मनाेनित हुन बाँकि सदस्यहरु रहेको बताइएको छ। युवाहरुले भरिएकाे उर्जावान नँया कार्यसमितिले प्रतिभा साहित्य समाजकाे शाख, गरिमा र प्रतिष्ठालाई थप उचाई प्रदान गर्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष सापकाेटाले व्यक्ति गरे।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *