फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको जोडी


  • फिल्म 'डिसेम्बर फल्स' मा आर्यन र उपासनाको जोडी

    काठमाडौं - फिल्म 'डिसेम्बर फल्स' मा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । फिल्म 'कबड्डी ३' बाट चर्चामा आएकी उपासनाले यस फिल्ममा आर्यन सिग्देलको जोडीको रुपमा भूमिका निभाउनेछिन् ।
    यसअघि यस फिल्ममा सुहानालाई अफर गरिएको थियो । तर सुहाना फिल्म 'ए मेरो हजुर ४' मा व्यस्त रहेकोले निर्माण टिमले उपासनालाई फिल्ममा अनुबन्ध गरेको हो । प्रवीण झाको निर्देशनमा बन्न लागेको यस फिल्ममा अब आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको यस फिल्ममा निर्देशन प्रविन झा, निर्मातामा राज कुमार भट्ट,  पटकथा तथा संवाद केदार भुषाल र छायाँकन रवि नाइडुको रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *