रोल्पामा ६ किलो चरेस सहित एक जना पक्राऊ ।


  • रोल्पामा ६ किलो चरेस सहित एक जना पक्राऊ ।
  • रोल्पा । रोल्पामा प्रहरीले ६ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सुनछहरी गाउँपालिका- ६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले आलुको बोरोभित्र लुकाएर चरेस लगेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण तङनामीको कमाण्डमा खटिएको प्रहरीले मगरलाई मंगलबार पक्राउ गरेको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मगर सवार रा १ ह ५११५ नम्बरको अटो रिक्सा र चालकलाई पनि नियन्त्रणमा लिइएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *