नेपालमा एकैदिन २ हजार २०६ जनाले जिते कोरोना


  • नेपालमा एकैदिन २ हजार २०६ जनाले जिते कोरोना
  • काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
    शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ हजार २०६ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।  नेपालमा १४ हजार २५५ सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *