२ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारीमा वर्षा


  • २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारीमा वर्षा
  • काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चलचित्र अभिनेत्री हुन् वर्षा शिवाकोटी । फिल्म ‘नाईं नभन्नू ल २’ बाट नेपाली चलचित्रमा प्रबेश गरेकी बर्षा पछिल्लो समय नयाँ फिल्ममा व्यस्त छिन् ।
    उनी पछिल्लो समय सविनजंग थापासँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । अहिले धेरैले उनलाई विवाह बारे प्रश्न गरिरहेका छन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका सविनसँग प्रेममा रहेकी बर्षाले तत्काल विवाह गर्ने सोच नभएको बताएकी छिन् । गएको अमेरिका भ्रमणमा रहँदा बर्षाले सविनका परिवारसँग पनि भेट गरेकी थिइन् । अहिले उनले २ वर्षभित्र विवाह बन्धनमा बाँधिने तयारी रहेको पनि बताएकी छिन् । उनले आफुले विवाह गरे पनि फिल्म क्षेत्र भने नछाड्ने बताएकी छिन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *