बढ्ने भयो सुरक्षाकर्मीको राशनभत्ता


  • बढ्ने भयो सुरक्षाकर्मीको राशनभत्ता
  • काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्ता बढाउने तयारी गरेको छ । सुरक्षाकर्मीको राशनभत्ता समायानुकुल बनाउन गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । जसमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा राशनभत्ताबारे अध्ययन गर्न र सुझाव दिन मन्त्रालयले समिति गठन गरेको हो । समितिले अध्ययनको काम गरिरहेको सहसचिव गौतमले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले पाँच वर्षअघिको दररेटअनुसार राशनभत्ता बुझ्दै आएका छन् । पाँच वर्षको अवधिमा करिब ४० प्रतिशत मूल्यबृद्धि भएपनि पुरानै राशनभत्ताका कारण खानै नपुगेको गुनासो सुरक्षाकर्मीले गर्दै आएका छन् । २०७२ को माघमा कायम भएको दररेटअनुसार नै अहिलेसम्म वितरण हुँदै आएको छ ।   हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार बाउ मूल्याङकन समितिले तय गर्ने दररेटअनुसार राशनभत्ता दिने निर्णय २०७२ सालमा भएको थियो । तर, पनि पाँच वर्षसम्म त्यसअनुसार बजेट निकासा हुन सकेको छैन । हाल हरेक जिल्लामा सुरक्षाकर्मीको राशनभत्ता फरक–फरक छ । नेपाली सेनाले भने हरेक वर्ष ठेक्कामार्फत आफ्ना कर्मचारीलाई नगद नभई राशन नै दिने गरेको छ । आगामी आर्थिक वर्षदेखि सम्भवतः सुरक्षाकर्मीको राशनभत्ता बढ्ने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । प्रहरीले भने माघदेखि नै बढाउन माग गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *