देशभर चिसो बढ्यो, काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ३ डिग्री


  • देशभर चिसो बढ्यो, काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ३ डिग्री
  • काठमाण्डाै । पुष लागेसँगै देशभर चिसो बढेको छ । उच्च हिमाली जिल्लाहरुमा पनि तापक्रम माइनसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो ।   जिरी, जोमसोम, जुम्ला लगायतका ठाउँमा पनि तापक्रम माइनसमा झरेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।   आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ । । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *