यात्रुले खवर गरेको १ घण्टामै प्रहरीले फेला पार्यो ल्यापटप


  • यात्रुले खवर गरेको १ घण्टामै प्रहरीले फेला पार्यो ल्यापटप
  • काठमाडौं : बग्गिखाना प्रहरीले यात्रुले खबर गरेको १ घण्टामै ल्यापटप सहितको झोला खोजी गरि सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेको छ । बुधबार राति केएमसी हस्पिटल सिनामंगलदेखि काँडाघारी जानेक्रममा काठमाडौं निवासी राोशन दाहालले आफू चढेको बा.२ ज ५७५९ नम्बरको ट्याक्सिमै उक्त झोला छोडेका थिए । हिजो राती छुटेको ल्यापटप तथा महत्त्वपूर्ण कागजात सहितको ब्याग आज प्रहरीलाई खबर गरेपछी एक घन्टा भित्र फेला पारेर वग्गीखानाका एसपी श्यामकृष्ण अधिकारीले सामान धनी काठमाडौ निबासी दाहाललाई हस्तान्तरण गरेका हुन् । सामान हराएर पुलिसलाइ खबर गरेको १ घन्टामा सामान भेटिएकोमा खुसी व्यक्त गर्दै झोला धनी दाहालले प्रहरी लगायत ट्याक्सी चालकलाई धन्यवाद दिएका थिए। साथै सामान पुर्याउन आएको भाडा समेत दिएर खुसी पनि व्यक्त गरे।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *