ओलीलाई पुर्व माओवादीका तीन सहित १७ मन्त्रीको साथ


  • ओलीलाई पुर्व माओवादीका तीन सहित १७ मन्त्रीको साथ
  • काठमाडौं । मन्त्रिपरिषद्का २४ मन्त्री तथा राज्यमन्त्रीमध्ये १७ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पूर्व माओवादीका तीन मन्त्री समेत ओलीको पक्षमा उभिएका छन् ।
    जसमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट तथा खेलकुदमन्त्री जगत विश्वकर्मा छन् । सात जनाले भने आइतबार सामूहिक राजिनामा दिएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादबले राजिनामा दिएका छन् । त्यस्तै ओली निकट मन्त्रीहरु ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पद्मा अर्याल,भानुभक्त ढकाल, पार्वत गुरुङ, पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे, लिला श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, बसन्त नेम्वाङ र हृदयेश त्रिपाठीले भने राजिनामा दिएका छैनन् । उनीहरुमध्ये केहीले ओलीको कदमको समर्थन गरेका छन् भने केही मौन छन् । तीन राज्यमन्त्रीहरु पनि ओलीकै पक्षमा छन् । गृहमन्त्री बादल ओलीको पक्षमा लाग्नुलाई धेरैले अनौठो ठानेका छन् । गृहमन्त्रालयको रसमा उनी भुलिएको धेरैको विश्लेषण छ । ओलीले उनलाई नयाँ पार्टीमा सहअध्यक्ष दिने प्रस्ताव समेत गरेको स्रोत बताउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *