सहकर्मी कता?
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/11/sagarmatha-cement-hrz.gif)
गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि त्यस्तै हल्ला सुनेको बताए। थापाको सचिवलयले त्यसको पुष्टि गरेको छैन। तर सचिवालयका एकजना सदस्यले नाम नखुलाउने शर्तमा परिस्थिति त्यस्तै बनेको र केहीबेरमा अन्तिम निर्णय लिइने जानकारी दिए। उनी निकट केसीले भने आफू आज प्रचण्ड नेतृत्वकै बैठकमा सहभागी हुने बताए।केसीले भने, “पार्टी एक नहुँदै फुटेकाले साथीहरूका आ-आफ्नै विरासत छन्, त्यसैले स्वाभाविक रूपमा म पनि त्यसकै पक्षमा छु। म आज प्रचण्ड नेतृत्वको बैठकमा जान्छु।” थापानिकट नेताहरू स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन्।तर अर्का नेता उपाध्यक्ष वामदेव गौतम कतै लागेका छैनन्। उनीनिकट धेरै नेता भने ओली पक्षमा लागेको बताइएको छ। बिबिसी