बर्दियाली युवा नेतृ विमला राज्यमन्त्रीमा नियुक्त


  • बर्दियाली युवा नेतृ विमला राज्यमन्त्रीमा नियुक्त
  • काठमाडौं ।   प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् ।   मन्त्री हुनेहरुमा टोपवहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, गौरिशंकर चौधरी श्रम, दावा लामा खेलकुद, प्रेमवहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ । ‍‌

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *