नेपाली राजनीतिमा चीनको चासो, आज ४ सदस्य टोली नेपाल आउदै


  • नेपाली राजनीतिमा चीनको चासो, आज ४ सदस्य टोली नेपाल आउदै
  • काठमाण्डौं ।   नेपालमा नेकपा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेकपा फुटन नदिन खेलेको भुमिका असफल भएपछि याे टाेली नेपाल आउन थालेको हाे ।   चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं भ्रमण गर्न लागेको हो । विषेश गरि नेकपाकाे राजनीति माथि नाङ्गो हस्ताक्षेप गर्दै आएको चिनले भारतलाई चुनाैति दिन यस्तो गर्दै आएको छ ।   चीनको खुलेयाम राजनीतिक हस्ताक्षेपले नेपालमा बाह्र शक्तिको चलखेललाई थप बढावा दिने राजनीतिक विश्लेषकहरु बताउछन् ।कहिले भारतकाे टाेली कहिले चीनको टाेली नेपाल आएर खुल्ला रुपमा नेपाली राजनीतिमा चलखेल गरिरहेका छन ।   नेकपालाई नफुटाउने खेलमा सक्रिय चीन पुर्ण रुपमा फेल भएपछि अर्को कुनै खेलखेल्न नेपाल आउन थालेकाे हुनसक्ने अनुमान छ ।बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आज मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ ।   झण्डै दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने स्रोतले पुष्टि गरेपनि चिनियाँ अधिकारीहरूले भ्रमणको उद्देश्यबारे प्रकाश पारेका छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *