बर्दियाको विकाशकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री वि.क.


  • बर्दियाको विकाशकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री वि.क.
  • काठमाडाैं । नवनियुक्त उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकासका लागि आफुले कुनै कसर बाकि नराख्ने  बताउनुभयो । वर्दियाका युवाहरुले काठमाडौंं अनामनगरको नेभर माइन्ड रेस्ट्रोमा राखेको वधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले आफुले देखिने गरि वर्दियाकाे बिकास गर्ने कुरामा युवा साथिहरुलाई आश्वस्त रहन समेत आग्रह गर्नु भएको छ ।   वर्दियाका युवा नेता रेशमबहादुर थापाकाे अगुवाइमा काठमाडाैंंमा  वर्दियाका युवाहरुले राज्यमन्त्री वि.क.लाई औपचारिक कार्यक्रमकाे आयाेजना गरी सम्मान गरेका हुन् ।   प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप गरेका थिए । साेही क्रममा बर्दीयाबाट प्रतिनिधीसभा सदस्य समेत रहेकी विमला विकलाइ राज्यमन्त्री नियुक्ती गरिएकाे थियाे । राज्यमन्त्री नियुक्तिसंगै बर्दीयाका नागरिकहरु खुशी भएकाे युवा नेता थापाले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *