प्रदेश १ का तीन मन्त्रीद्वारा सामुहिक राजिनामा


  • प्रदेश १ का तीन मन्त्रीद्वारा सामुहिक राजिनामा
  • विराटनगर । प्रदेश १ का तीन मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । आइतबार बिहान सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् । सत्तारुढ दल नेकपामा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेका थिए । प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन् । आफूविरुद्ध अविश्वासको पत्रमा हस्ताक्षर गराउँदै हिँडेको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेका थिए । आइतबार नै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको हो । उनको ठाउँमा भिम आचार्यलाई प्रस्ताव गरिएको छ । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *