राज्यमन्त्री बिमला बिकद्धारा पदभार ग्रहण


  • राज्यमन्त्री बिमला बिकद्धारा पदभार ग्रहण
  • काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री बिमला बिकले आज पद बहाली गर्नु भएको छ । पद बहाली गर्दै राज्यमन्त्री बिकले राज्यको विकास र समृद्धिको पक्षमा सधै सकारात्मक परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।     उहाले भन्नुभयो , “ नियमबिपरित कुनै पनि कामका लागि म भन्दैन तर नियम सङ्गत र ब्यबहारिकताले मिल्ने र जनताले अनुभुती हुने गरी काम गर्ने कुरामा मलाई पेल्यो नभन्नु होला ।" उहाले जनताले अनुभुती हुने गरी गर्ने काम तत्काल गरिदिनु आदेश नकुर्नु र नियमविपरीतका काम मेरै भएपनी नगर्नु समेत भन्नुभयो ।   मन्त्रालयमा परिचयात्मक कार्यक्रम पश्चचात मन्त्रालयका कर्मचारीले मन्त्रालयको काम कारबाहीवारे मन्त्री बिकलाई जानकारी गराएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *