काङ्ग्रेसले आज देशभर प्रदर्शन गर्दै



  • काठमाडौँ । संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ । प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ । प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *