नयाँ कोरोनाभाइरस देखा परेसंगै साउदी अरेबियाद्धारा अन्तर्राष्ट्रिय उडान स्थगित


  • नयाँ कोरोनाभाइरस देखा परेसंगै साउदी अरेबियाद्धारा अन्तर्राष्ट्रिय उडान स्थगित

    रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरे‎को हो । साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।
      साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ । साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन् । ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात २ दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् । यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो । साउदी अरेबियामा हालसम्म ३ लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो । रासस–एएफपी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *