अन्डर कभर एजेन्टको भूमिकामा अभिनेत्री परिणीती चोपडा 


  • अन्डर कभर एजेन्टको भूमिकामा अभिनेत्री परिणीती चोपडा 
  • मुम्बई । अभिनेत्री परिणीती चोपडा आफ्नो नयाँ एक्सन थ्रिलर चलचित्रका लागि निर्देशक रिभु दासगुप्तासँग पुनः काम गर्दैछिन् । नयाँ चलचित्रमा परिणीति एक अन्डर कभर एजेन्टको भूमिका निभाउँदै छिन् ।   रिर्पोटका अनुसार, अझै नामांकण गर्न बाँकी यस चलचित्रमा भारत–पाकिस्तानको पृष्ठभूमि हुने छैन । चलचित्रमा परिणीति एक एन्डर कभर एजेन्टको भूमिकामा अपरेसनलाई नेतृत्व गर्नेछिन् । यसका साथै यो चलचित्र उनको व्यक्तिगत जीवनको यात्रा र बदलामा आधारित रहनेछ ।   २०२१ देखि छायांकनमा जाने तयारी रहेको निर्माण टिम हाल कोभिड–१९ को गाइडलाइन फलो गर्दै छायांकन स्थानको अनुमति लिइहरहेको छ ।   रिलायन्स इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको चलचित्र निर्माणको आधिकारिक घोषणा भने हुन बाँकी छ ।   यो चलचित्र भारतीय एजेन्टको गोप्य उद्धार अभियानमा आधारित छ । परिणीतिका साथै चलचित्रमा रजीत कपुर, के के मेनन, दिव्येन्दु भट्टाचार्य र हार्डी संधु लगायत कलाकारहरुको अभिनय छ । बलिउड हंगामा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *