भारतबाट दैनिक ६ सय मेगावाट विद्युत आयात


  • भारतबाट दैनिक ६ सय मेगावाट विद्युत आयात
  • काठमाडौं । मागअनुसारको विद्युत् आपूर्ति मिलाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट दैनिक विद्युत् आयात गर्दै आएको छ । हाल भारतबाट पिक आवरमा ६ सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । तर, प्राधिकरणकै ६ ओटा प्रसारण लाइन समयमा नबन्दा १९ जलविद्युत् आयोजनाले उत्पादन कटौती गर्नुपरेको छ ।   क्षमताअनुसारको प्रसारण लाइन नहुँदा कुल १९० दशमलव ६५ मेगावाट बराबरका आयोजनाहरू पूर्ण क्षमताअनुसार सञ्चालनमा आउन नसकेको पाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पान तथा ऊर्जा उत्पादकहरूबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।   आयोजनाहरूले यस हिउँदामा ५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सक्छन् । तर, कम भोल्टेजका प्रसारण लाइनले थाम्ने गरी ती आयोजनाले क्षमताभन्दा अत्यन्त न्यून मात्रामा मात्र विद्युत् उत्पादन गर्दै आएको निजी ऊर्जा उत्पादकहरू बताउँछन् ।   उनीहरूले पहिलेदेखि नै सञ्चालनमा आएका ३३ केभीका प्रसारण लाइनमार्फत विद्युत् विक्री गर्दै आएका छन् । कम क्षमताको प्रसारण लाइन हुँदा अधिकांश आयोजनाले क्षमताअनुसार विद्युत् उत्पादन गर्न नसकेको ऊर्जा उत्पादकहरू बताउँछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *