माघ १ गतेबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै


  • माघ १ गतेबाट चलचित्र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शन हुँदै
  • काठमाडौं : चलचित्र हलहरु खुलेको एक हप्ता भइसक्दा पनि हलका दर्शकको उपस्थिति शून्य छ। उसो त हाल पुरानै चलचित्रहरु प्रदर्शन भइरहेकोले हलहरु सम्म दर्शक आउने र नहेरेरै फर्किने गरेको हलवालाहरु बताउँछन् । नयाँ चलचित्रहरुको आशा दर्शकको रहेकोले पूरा चलचित्र हेर्न नरुचाएको पाइएको छ। यसैबीच, दर्शकको इच्छालाई ध्यानमा राख्दै माघदेखि नयाँ चलचित्र 'एउटा यस्तो प्रेम कहानी' प्रदर्शनमा आउने भएको छ। माघीको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रमा अभिनेता शिव श्रेष्ठ र नायिका प्रियंका कार्कीको मुख्य भुमिका रहेको छ।फिस्टेल मुभिजको ब्यानरमा निर्मित चलचित्र प्रेम कथा र एक्सनमा आधारित रहेको बताइएको छ। चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । शिव र प्रियंकका अलवा आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ । यसै चलचित्रबाट संयग दर्शनधारीसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले अभिनयमा डेब्यू गर्दैछन् बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । माघ १ गते प्रदर्शन मिति तोकिएको चलचित्रका निर्माता यसोधा राई र दिनेश दर्शन धारी हुन्। यो चलचित्र यतिबेला हलवालाहरुले प्रतीक्षा गरिरहेका छन् । यो चलचित्रले हलमा एक किसिमको माहोल बनाउने पनि अपेक्षा गरिएको छ।    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *