वर्दियामा मोटरसाइकल सवार महिलालाई बाघले झम्टिएर लग्यो


  • वर्दियामा मोटरसाइकल सवार महिलालाई बाघले झम्टिएर लग्यो
  • काठमाडौं । बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई बाघले झम्टिएर लगेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको बताइएको छ ।   विस्तारै चलेको मोटरसाइकलमा छोरासँगै बसेकी ५२ वर्षकी नन्दकला थापालाई बाघले झम्टिएर लगेको थियो । सूपप्र १००८ प ६८०१ नम्बरको मोटरसाइकलमा नन्दकला छोरासँगै घर जाँदै गर्दा कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ । आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ । बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला नपरेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *