ईदमा सलमानको राधे रिलिज गरिदिन एसोसिएसनको आग्रह



  • काठमाडौं । मार्चको मध्येदेखि बन्द भएका भारतका सिनेमा हलहरु अक्टोबरको मध्यदेखि पुन: खोल्न अनुमति दिइयो । यद्यपि केही राज्यहरुले भने अझै सिनेमा हल पुनः खोल्न अनुमति दिइसकेका छैनन् ।   महामारीको मारमा परेका केही सिंगल स्क्रिन थिएटरहरु त सधैंका लागि बन्द नै गर्नुपर्‍यो । हलहरु पुनः खोलिसक्दा पनि दर्शकको चहलपहल र व्यापारले गति लिन नसकिरहेको अवस्थामा भारतका केही एक्जिबिटर एसोसिएसनले सुपरस्टार सलमान खानसँग सहयोग मागेका छन् । बाह्रखरी   उनीहरुले सलमान खानलाई पत्र पठाउँदै उनको आगामी चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’ देशका हरेक हलमा रिलिज गरी सुस्ताइरहेको हलको बजार बढाइदिन आग्रह गरेका छन् । भारतमा इदको बिदा सलमानको हो भन्ने गरिन्छ । किनभने सलमानले आफ्नो चलचित्र इदको बिदामा ल्याउने गर्छन् । यसैलाई ध्यानमा राख्दै एसोसिएसनले राधे २०२१ को इदमा रिलिज गर्न अनुरोध गरेका छन् ।   सलमान खान बलिउड बक्स अफिसमा राजाका रुपमा चिनिन्छन् । किनभने उनका हरेक चलचित्र १०० करोड कमाउन सफल हुन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *